काेसी बाढीपिडत पुनः आन्दाेलित, भारतीयले क्षतिपूर्ति दिनुपर्ने माग

काेसी बाढीपिडत पुनः आन्दाेलित, भारतीयले क्षतिपूर्ति दिनुपर्ने माग

  • शनिबार, साउन ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

सुनसरी, साउन ३२ । सप्तकोसीका बाढी पिडितहरूले क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन रिले आन्दोलन सुरु गरेका हुन् ।

सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै  नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो ।तत्कालीन राजा महेन्द्र र भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले सम्झौतामा हस्ताक्षर गरेका थिए । ब्यारेज बनेपछि घरखेत गुमाएका परिवारलाई भारत सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म घरखेत गुमाएका १५ हजारभन्दा बढी परिवारले क्षतिपूर्ति नपाएको कोसीपीडित संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीको भनाइ छ ।

सम्झौताअनुसार पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति उपलब्ध नगराएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ । शनिबार उनीहरु सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएका थिए ।विरोध कार्यक्रममा उपस्थित सत्तारुढ दल नेकपाका प्रदेश नम्बर–२ का इन्चार्ज तथा संसदीय दलका नेता सत्यनारायण मण्डलले पीडितलाई भारतीयपक्षबाट तत्काल क्षतिपूर्ति दिलाउन नेपाल सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ