जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु

जीप दुर्घटनामा पत्रकार डायलसन अधिकारीको मृत्यु

  • शनिबार, साउन ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

सप्तरी, ३२ साउन ।  जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित बक्साहमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । तिलोत्तमा नगरपालिका–३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए ।

घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ