डडेल्धुरामा एक वर्षमा ३१ जनाले गरे आत्महत्या

डडेल्धुरामा एक वर्षमा ३१ जनाले गरे आत्महत्या

  • शुक्रबार, साउन ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

डडेल्धुरा, साउन ३१ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा एक वर्षमा ३१ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षको तथ्यांकअनुसार डडेल्धुराका विभिन्न स्थानमा झुण्डिएर २३ र विष सेवन गरी आठजनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा ८० वटा मुद्दा दर्ता भएका छन् । यसमध्ये सबैभन्दा बढी आत्महत्याका मुद्दा भएको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

घरेलु हिंसा, सामाजिक सञ्जालको प्रयोग र प्रेम प्रकरण, शैक्षिक परिणाम तथा गरिबीलगायतका तनाव र बेरोजगारी आदि समस्याका कारणले समाजमा आत्महत्या र अपराधका घटनाहरु वृद्धि भइरहेको सरोकारवालाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ