पाेखराका ११ वटा वडा कार्यालय चोरेका थापा १४ महिनापछि पक्राउ

पाेखराका ११ वटा वडा कार्यालय चोरेका थापा १४ महिनापछि पक्राउ

  • बुधबार, साउन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पोखरा, २९ साउन । पोखरा महानगरपालिकाका बिभिन्न ११ वटा वडा कार्यालय चोरेका काठमाडौं १० घर भएका ५१ वर्षे किशोर थापालाई कास्की प्रहरीले १४ महिनापछि पक्रेर सार्वजनिक गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर १२ को कार्यालय २०७५ जेठ ३ गते पहिलोपटक चोरी भएको थियो। त्यसपछि लगातार अरु वडामा चोरी भएका थिए। पछिल्लोपटक साउन २१ गते वडा नम्बर ६ को कार्यालय चोरी भएको थियो। सबै चाेरीमा उनकै संलग्नता रहेकेा प्रहरी अनुसन्धानबाट खुलेकेा कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। पोखरा ९ मा डेरा लिएर बस्दै आएका उनको अर्को डेरा पोखरा १० मा पनि रहेको प्रहरीले जनाएकाे छ ।

२०४६ देखि ५१ सालसम्म र २०७१ सालदेखि ७४ सम्म केन्द्रीय कारागारमा थुनिएका उनी यसअघि पनि उनी २ पटक डाकाचोरी मुद्दामा जेल परेर छुटेका व्याक्ति हुन् ।

वडा नम्बर ५, १३, १४, १९, १५, १६, २५, २९ र ३१ का कार्यालयहरूमा पनि थापाले ल्यापटप लगायत सामान चोरेका थिए। एसपी कार्कीका अनुसार थापाले चोरी स्वीकारिसकेका छन्। अरु वडा कार्यालयहरूका सीसीटीभी फुटेजमा समेत देखिए पनि थापालाई पक्रन प्रहरीलाई १४ महिना लागेको छ। प्रहरी सबै वडाको चोर एकै व्यक्ति भएको निष्कर्षमा भने पहिल्यै पुगेको थियो।

थापाको डेराबाट प्रहरीले चोरी गर्न प्रयोग हुने सामानहरू बदामद गरेको छ। पञ्जा, मास्क, स्क्रु ड्राइभर, टोपी, ल्यापटप चार्जर, छड, ताला काट्ने धारिलो वस्तु लगायत सामान बरामद भएको छ। चोर्नासाथ काठमाडौं लगेर थापाले बेच्ने गरेको स्वीकारेका छन्। थापाकै बयानअनुसार प्रहरीले बिक्री भइसकेको ठाउँबाट ३ थान ल्यापटप लगायत सामान पनि काठमाडौंबाट बरामद गरेको छ। १७ वटा मनिटर, ९ वटा सीपीयू पनि प्रहरीले बरामद गरेको छ।

चोरीका सामान किनेको आरोपमा काठमाडौं कलंकीका रुपचन्द्र गोपालीलाई पनि प्रहरीले समातेको छ। गोपालीले कम्प्युटर पसल चलाउँदै आएका छन्। कास्की प्रहरीले थापालाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की अदालतबाट हिरासतमा राख्ने म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ