युरोपियन च्याम्पियन्स लिगः प्ले–अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लाग्याे

युरोपियन च्याम्पियन्स लिगः प्ले–अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लाग्याे

  • बुधबार, साउन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडाै, २९ साउन ।

युरोपियन च्याम्पियन्स लिग फुटबल छनौटको प्ले–अफ् खेल्ने अन्तिम १२ टोलीको टुंगो लागेको हो । गत सिजनको च्याम्पियन्स लिगको उपविजेता नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमले प्ले अफ्मा साइप्रसको अपोइल निकोसियासँग खेल्ने तय भएको छ ।

यसैगरी रोमानियाको सि.एफ.आर क्लुजले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा बेल्जीयमको क्लब ब्रुजले अष्ट्रियाको लिन्जसँग खेल्नेछ । च्याम्पियन्स लिग प्ले–अफ्का अन्य खेलहरुमा क्रोएसियाको डाइनामो जाग्रेबले नर्वेको रोजनवर्गसँग, स्विट्जरल्याण्डको योङ ब्वाइजले सर्वियाको रेडस्टार बेलग्रेडसँग तथा ग्रिसको ओलम्पियाकोसले रुसको क्रास्नोदारसँग खेल्नेछन् ।

यी ६ वटा प्ले–अफ्का विजेता टोलीहरु च्याम्पियन्स लिग फुटबलका लागि छानिनेछन् । पराजित हुने टोलीहरु युरोपा लिगमा झर्नेछन् । च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका यही अगष्ट २८ तारिखमा सार्वजनिक गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ