मिडिया एड्भोकेसी फोरमले भ्रष्टचारको छानविन गर्न सरकारलाई सघाउने

मिडिया एड्भोकेसी फोरमले भ्रष्टचारको छानविन गर्न सरकारलाई सघाउने

  • शुक्रबार, साउन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडाै,२४ साउन  । मिडिया एड्भोकेसी फोरम नेपालले ख्रीष्टियनका नाममा अकुत सम्पत्ति कमाउने र समाजसेवाको नाममा सरकारमा दर्ता नभई भित्री गोप्य मिशनका रूपमा काम गर्ने नामधारी संघसंस्थालाई खोजी खोजी कारवाही गर्न सरकारलाई आग्रह गरेको छ ।

मिडिया एड्भोकेसी फोरम नेपालका अध्यक्ष विदुर अधिकारीले हिजो काठमाण्डौँमा आयोजित उपत्यकाव्यापी बैठकलाई सम्बोधन गर्दै देशमा सुशासन र समृद्धि ल्याउन नदिने प्रमुख कारक बढदो भ्रष्टाचार भएकोले हाम्रो ख्रीष्टियन समूदायमा पनि दिनप्रतिदिन यो मौलाउँदै गएकोले यस विषयमा कसैले र कुनै धर्मले पनि सम्झौता गर्न नहुने बताएका थिए ।

एड्भोकेसीका सचिव निरोज तोलाङेले ख्रीष्टियन समूदायका प्रमुख संघसंस्था, मिशन हस्पिटलदेखि, मिशन संस्था र पाष्टरहरूको गरी झण्डै ५० जनाको नामावलीसहित सप्रमाण सम्पत्ति विवरण र विभिन्न जानकारीसहित भ्रष्टाचारको फाइल अब अख्तियारमा चाँडै बुझाउने बताउँदै उनले यस्ता खराब मनसायले ख्रीष्टियन बनेका र नामधारी ख्रीष्टियनहरूलाई चाँडै कठघरामा उभियाउने र त्यस्ताहरूको चलखेल अब धेरै दिन बाँकी नरहेको बताए ।

उनले यस भ्रष्टचार विरुद्धको अभियानमा साथ दिन र ख्रीष्टियन समूदायभित्र भएका अपारदर्शिता र भ्रष्टचारको सूचना तथा जानकारी दिई सहयोग गर्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ