वीरगन्जकाे विर्ता बजारमा शुक्रबार साँझ बम विस्फोट

वीरगन्जकाे विर्ता बजारमा शुक्रबार साँझ बम विस्फोट

  • शुक्रबार, साउन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

वीरगन्ज, २४ साउन ।

वीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा शुक्रबार साँझ बम विस्फोट भएकाे छ । विस्फाेटमा परी एक महिलासहित दुईजना घाइते भएका छन् । कागती बेच्ने खुद्रा व्यापारी भारतको रक्सौल घर भएका २४ वर्षीय मिठु कम्कड र वीरगन्जको आदर्शनगरकी ३७ वर्षीया सीता गिरी घाइते भएका हुन् । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सवा ७ बजेतिर तरकारी बजारमा मान्छेहरुको भीडभाडका बीच सुतली बम विस्फोट गराइएको थियो । वडाध्यक्ष जगत साह कानुका अनुसार मिठुले बेच्न राखेको कागतीको क्यारेट (प्लाष्टिकको टोकरी) मुनि राखिएको सुतली बम पड्किएको थियो ।

बम पड्किएको स्थानमा सुतलीका टुक्रा र जलेको बारुदको गन्ध भेटिएको वडाध्यक्ष कानुले बताए । नारायणी अस्पतालमा उपचार गराइरहेका घाइते कम्कडले पनि कागतीको क्यारेट मुनि कसैले राखेको सुतली बम विस्फोट हुँदा आफू घाइते भएको बताए ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने प्रारम्भिक अनुसन्धानका क्रममा बम नभइ माल्टा बारुद भन्ने पटाका पड्कीएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ