बिहे गर्ने भन्दै फकाएर बलात्कार गरेकाे अभियोगमा प्रहरी जवान पक्राउ

बिहे गर्ने भन्दै फकाएर बलात्कार गरेकाे अभियोगमा प्रहरी जवान पक्राउ

  • शुक्रबार, साउन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

ओखलढुंगा, २४ साउन । विवाह गर्ने भन्दै फकाएर १८ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव प्रहरी जवान पक्राउ परेका छन्।

स्थानीयको दबाबपछि यादव पक्राउ परेका हुन्।  किशोरीमाथि जवरजस्ती गरिरहेको अभिभावकले देखेर चौकी घेराउ गरेपछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए। यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ।

यादवले जंगलमै किशोरीलाई करणी गरिरहेका बेला उनका बुवाले देखेपछि घटना बाहिर आएको हो। पीडितले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी छिन्। उनको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर  घर पठाइएको छ।

यादवले यसअघि जगंलमै घाँस काट्न गएको समयमा साउन २ गते  पनि किशोरीलाई बिहे गर्ने आश्वासन दिएर करणी गरेको खुलेको छ। पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी बिहीबारबाट अनुसन्धान थालिएको  जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

‘घटनाको प्रकृति हेर्दा सहमतिमै यौन सम्पर्क भएको र किशोरीका बुबाले थाहा पाएर बाहिर आएको जस्तो देखिन्छ’, उनले भने। सहमतिमा भएको विषय बाहिर ल्याएर विवादमा पार्न खोजेको उनले बताए। पटक–पटक दुवै जनाले आपसमा फोन सम्पर्क गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले सहमतिमै यौन सम्पर्क भएको हुन सक्ने मल्लले बताए।

पीडित पक्षले भने प्रहरीले घटना मिलाउन दबाब दिएको आरोप लगाएको छ। ‘मिल्न दबाब आएको थियो’, पीडित पक्षक एक व्यक्तिले भने। पीडितका आफन्तले अनुसन्धान गरेर पीडकमाथि कारवाही गर्न माग गरेका छन्।

डेढ महिना पहिले पनि उक्त प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो। उक्त घटना पनि प्रहरीले लुकाउने प्रयास गरेको थियो। स्थानीयकै दबाबमा सो घटना बाहिर आएपछि विकमाथि विभागीय कारवाही भएको  थियो। अन्नपूर्ण पाेष्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ