भारतबाट जानकी रेल ल्याइदै,  अर्कोको नाममा अन्योल

भारतबाट जानकी रेल ल्याइदै,  अर्कोको नाममा अन्योल

  • शुक्रबार, साउन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, साउन २४ । भारतको जयनगर–जनकपुरअन्तथर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदैछ ।

चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्नेबारे पनि चर्चा चल्न थालेको छ ।

एउटा रेलको नाम ‘जानकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने ? सामाजिक सञ्जालमा यसको चर्चा चल्दै आएको छ ।

मन्त्रालय र विभागबीच पनि अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘रेल आएपछि राष्ट्रिय नाम नै राखिनेछ, जसले देशको पहिचान झल्काउने छ ।’

दुईवटा ट्रेन सेट आउने र दुवैको नाम अलग अलग हुनेछ । ‘के राख्ने भन्दा जनकपुरमा चल्ने भएकाले एउटाको नाम जानकी राख्दा उपयुक्त होला भन्ने हो,’ उनले भने, ‘अर्कोको नाम पशुपति सगरमाथा, बुद्ध, लुम्बिनीमध्ये कुनै एउटा राखिने छ ।’ –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ