काठमाडौं, २२ साउन ।
आगामीभदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा आयोजनाहुने सातौं फर्निचर तथाफर्निसिङ एक्स्पो फर्नेक्स २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
एक्स्पो आगामीभदौ २५ गते बुधबारदेखि २९ गते आइतबारसम्म राजधानीमा संचालनहुनेछ । नेपालफर्निचर तथाफर्नि्सिङ संघको आयोजनामाहुनलागेको एक्स्पोको व्यवस्थापकइभेण्ट सोलुसनप्रालिले एक्स्पोको सबैतयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
फर्नेक्स २०१९ को शिर्ष प्रायोजकजेम फ्लोरिङ रहेको छ । एक्स्पोको मुख्यप्रायोजकमा हेरिटेज फ्लोरिङकार्पेटइन्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट र जेन्शाकार्पेट रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफकमर्श तथा नेपालफर्निचर तथाफर्नि्सिङ व्यवसायीमहासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको समेत सहयोग प्राप्त छ ।
प्रतिष्ठित स्वेदेशीतथाविदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागिहुने एक्स्पोमाख्यातिप्राप्त नेपालीतथाअन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहतप्रदर्शनीहुनेछ ।
एक्सपोमाकिचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्रीप्रदर्शनीको मुख्यआकर्षण रहने आयोजकले बताएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनप्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।
एक्सपोमाप्रदर्शनीको अतिरिक्तअवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिनपाइनेछ । रोबटिक प्रतिस्पर्धा पनिएक्सपोको अर्को आर्कषण हुने छ । विगतवर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने छ ।
मौलिकतथा परम्परागतफर्निचरका साथै आधुनिक शैलीकाफर्निचरका उत्पादनकाबारेमाजानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचितगन्तव्यहुनेसंघका अध्यक्ष रुपेश प्रधानले बताए । उनले, नेपालीउत्पादनलाई प्राथमिकतामा राखिदिनआमउपभोक्तालाई आग्रहगर्दै उनले नेपालफर्निचरमाआत्मनिर्भर हुने बाटोमा अघि बढेको बताए ।
एक्स्पोको व्यवस्थापनइभेण्ट सोलुसनप्रालिले गर्नेे छ । एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसनप्रा.लि.का प्रबन्धनिर्देशकविजय सागर प्रधानले फरक शैलीमाआयोजनाहुने एक्सपो फर्निचर क्षेत्रको प्रविधिअवलोकनकर्ताको मुख्यआकर्षण बन्नेविश्वास व्यक्त गरे ।
५ दिनसम्मचल्ले एक्स्पोमा स्वदेशीतथाविदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमाउपलब्धफर्निचर तथाफर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमाएक्स्पो आयोजनाहुँदै आएको छ ।