पूर्वराजाले बोल्नै नपाउने के कारण छ ?

पूर्वराजाले बोल्नै नपाउने के कारण छ ?

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रलाई आइतबार एक कार्यक्रममार्फत् ‘बकबास गरिरहे नागार्जुनबाट निकाल्न सकिनेछ’ भन्दै धम्क्याएका छन्। लोकतन्त्रमा बोल्नै नपाइने भन्र्ने कुरा हास्यस्पद हो । हाँसी हाँसी आफ्नो राजगद्दी बुझाएर सामान्य नागरिकसरह जीवन यापन गर्दै आएका पूर्वराजाले बोल्नै नपाउने के कारण छ ? अभिव्यक्ति अधिकार राजालाई पनि छ। अहिलेको व्यवस्था नेताहरूका निम्तिमात्र आएको होइन। यो सवैको लागी हो । यदि बोल्न पाइदैन भने यो लोकतन्त्र होइन । लोकतन्त्र अझै ब्यवहारमा आउन सकेको छैन । नेताहरुले नागार्जुनबाट निकाल्ने धम्की दिनु लोकतान्त्रिक ब्यवस्थामा त्यति राम्रो कुरा होइन । सामाजिक सञ्जालमा सर्वसाधारणले यो बिषयमा आर्कोश पोखेका छन । राजाको पक्षमा अभिव्यक्ति दिएका छन । सामाजिक सञ्जालमा राजाले पनि बोल्न पाउनु पर्छ भनेर जनताको मत आइरहेको छ ।
अहिलेको व्यवस्थामा के शासकहरु मात्र बोल्ने र अरुले बोल्न नपाइने भन्ने छ ? त्यसो हो भने यो ब्यवस्थालाई लोकतान्त्रिक ब्यवस्था मान्न सकिदैन । लोकतान्त्रिक शासन व्यवस्थामा आलोचनात्मक अभिव्यक्ति दिन सवै नागरिकलाई स्वतन्त्रता छ । पूर्वराजा ज्ञानेन्द्रले आफना कुरा राख्न पाउँछन । देशका कुना कुनामा गएर जनता संग कुरा गर्न पाउँछन । कसैले राजालाई बोल्न रोक लगाउन पाउँदैन । पूर्व राजाको अभिव्यक्तिमै लगाम लगाउने छूट कसैलाई छैन। आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उपयोग गर्न राजाले पनि पाउँछन । यो उनको अधिकारको कुरा हो ।

अभिव्यक्ति स्वतन्त्रता आमनागरिकले जन्मसँगै पाएको स्वतन्त्रता हो। अभिव्यक्ति स्वतन्त्रता हनन् हुनु भनेको निरंकुशताको संकेत हो ।
सामान्य नागरिकसरह जीवन यापन गर्दै आएका पूर्वराजाले बोल्दा यति ठूलो आपत्ति किन ? किन पूर्व राजा देखि दलहरु र तिनका नेताहरु डराइरहेका छन ? के पूर्व राजाको लोकप्रियता देखी नेताहरुलाई डर लागेको हो ? ११ बैशाख २०६३ मा राजा र दलका बीचमा भएको सम्झौता यथासिघ्र कार्यान्वयन गर होइन भने जनता सडकमा उत्रने छन ।
स्वतन्त्र अभिव्यक्तिका निम्ति धेरै लडेर आएका छन । सबैखाले अधिकारको जननी अभिव्यक्ति स्वतन्त्रता हो। त्यही भएर यसलाई सबैभन्दा मूल्यवानका रूपमा ग्रहण गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी