धनुषाकाे हंसपुर नगरपालिकामा मेयर र उपमेयरपक्षबीच झडप, उपमेयरसहित दर्जनाैं घाइते

धनुषाकाे हंसपुर नगरपालिकामा मेयर र उपमेयरपक्षबीच झडप, उपमेयरसहित दर्जनाैं घाइते

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

धनुषा, २१ साउन । कार्यालय सार्ने विषयमा धनुषाकाे हंसपुर नगरपालिकामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ। मेयर र उपमेयर समूहबीच मंगलबार झडप भएको हो। नगर प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाका समुहबीच झडप भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे थियाे ।
मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो।

झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट अधा दर्जन मानिस घाइते भएका छन्। उपमेयर झासहित आधा दर्जन व्यक्ति प्रहरीको लाठीबाट घाइते भएका छन्। घाईतेहरुको उपचार स्थानीय क्लिनिक भईरहेको छ भने कोहीलाई जनकपुर ल्याइएको छन्।
हंसपुर नगरपालिकाको कार्यालय साविकाको बघचौडा गाविसमा तोकेको छ। तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय सञ्चालन गर्न खोजेपछि विवाद चुलिएको हो। मेयर मण्डलले बघचौडा कार्यालयबाट बेल्ही कार्यालयका लागि सामान लैजान तीन ट्याक्टरमा करिब ५०÷६० जना लिएर पुगेपछि उपमेयर पक्षले भने बघचौरामै कार्यालय राख्नुपर्ने भन्दै कार्यालयबाट सामान लैजान रोकेकाे थियाे ।

उपमेयर झाले सरकारले तोकेको केन्द्रबाट जर्वजस्ती आफ्नो गाउँमा कार्यालय सञ्चालन गरेको र सामान लिन आएपछि रोक्दा झडप भएको प्रतिक्रिया दिइन्।
उनले छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दा पनि बेवास्ता गरी जबरजस्ती कार्यालय सार्न खोजेको बताइन्। नगरपालिका केन्द्रको विषयलाई लिएर मेयर मण्डल र उपमेयर झाबीच चुनाव निर्वाचित भएदेखि नै विवाद चल्दै आएको छ। जसका कारण विकास निर्माणसमेत प्रभावित हुँदै आएको छ। पछिल्लो समय मेयरले आफ्नो गाउँमासमेत कार्यालय सञ्चालन गरेपछि झन विवाद चर्केको स्थानीय बताउँछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ