कञ्चनपुरको महेन्द्रनगर क्षेत्र डुवानमा

कञ्चनपुरको महेन्द्रनगर क्षेत्र डुवानमा

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

कञ्चनपुर, २१ साउन । सोमबारबाट परेको अविरल वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर क्षेत्र डुवानमा परेको छ ।

लगातारको वर्षाले भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, कटानस्थित सुकुम्बासि टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवालगायतका क्षेत्र डुवानमा परेका हुन् ।

भिमदत्त नगरपालिका ९ का एक दर्जनभन्दा बढी घरमा पानी पसेको प्रहरीले जनाएको छ । डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ ।

यता, लगातारको वर्षाका कारण कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको छ ।

जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रका अनुसार महाकाली नदीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेपछि भारतले पुलमा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ । महाकाली नदीमा पानको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ