साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण: न्यूनतम सुविधासमेत नपाएको पुष्टि, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण: न्यूनतम सुविधासमेत नपाएको पुष्टि, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, साउन २१ । रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछिसोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो ।

नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको समेत पुष्टि भएपछि दूतावासले मागपत्र प्रमाणीकरणमा रोक लगाएको जनाएको छ ।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका कैयौँ नेपाली महिलाले पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएकोलगायत गुनासो आएसँगै दूतावासले नेपाली महिला कामदारको अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणका क्रममा न्यूनतम पारिश्रमिकसमेत नदिइएको, समयमा महिलासम्बन्धी रोगको औषधोपचार नपाएको, बिमा नगरेको, विभिन्न बहानामा अन्यत्र काममा लगाउने गरेको भेटिएको थियो । मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिँदा नलिएको, पोशाक व्यवस्था नगरेको, बजार जाँदा ‘अकामा’ ९साउदीको परिचयपत्र० तथा राहदानी साथमा लान आफूहरुलाई नदिएको ती महिला कामदारले बताएका थिए ।

नेपाली महिला कामदारले आवासमै रहेको पसलमा महङ्गोमा सामान खरीद गर्न बाध्य बनाएको, दुई तहभन्दा बढी कम्पनीमा आपूर्ति गर्ने गरी भर्ना गरेकोलगाययत गुनासो गरेका थिए । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदार सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा आएको पाइएपछि दूतावासले सो कदम चालेको हो । सर्वेक्षणपछि पनि अन्य स्थानबाट महिला कामदारले आफू शोषणमा परेको गुनासो गर्ने क्रम नरोकिएको दूतावासले जनाएको छ । ९रासस०

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी