बागलुङकाे लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु, दुई जना वेपत्ता

बागलुङकाे लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु, दुई जना वेपत्ता

  • सोमवार, साउन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बागलुङ, २० साउन ।

बागलुङकाे तमानखोला गाउँपालिका—४ लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तमानखोला—४ की ४५ वर्षीया सन्तकुमारी सिर्पाली, सोही ठाउँकी वर्ष ७० की अन्सारी सिर्पाली र सोही स्थानका १२ वर्षका प्रविण सिर्पाली रहेका छन्।

अाइतवार राति करिब डेढसय मिटर माथिबाट झरेको पहिरोले उनीहरूलाइ पुरेकेा जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

अरु दुई जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता झपिन्द्रप्रसाद भट्टराईले बताए।  घटना स्थलपमा प्रहरी पुगेर उद्धार सुरु गरिसकेकेा छ । पहिरोका कारण पाँच घर पुरिएको तमानखोला—४ अध्यक्ष उदिम छन्त्यालले जानकारी गराए।  पहिरोमा अन्य ६ जना समेत घाईते भएको स्थानीयले जानकारी दिएका छन्।

यस्तै जिल्लको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा बनेको तुरतुरे ताल फुटेको छ।  सोमबार बिहान खोलामा पानीको सतह बढेपछि ताल फुटेको छ।  वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ।

बढेको बडिगाड खोलाका कारण मध्येपहाडी लोकमार्ग पहिरोको रुपमा झरेपछि बागलुङ—बुर्तिबाङ सडकमा यातायात अवरुद्ध भएको छ।  अहिले बुर्तिबाङबाट बागलुङ, पोखरा, काठमाडौं, पाल्पा बुटवलका लागि छुट्ने सवारी साधनहरु बुर्तिबाङमै रोकिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ