वेस्ट इन्डिजविरुद्वको टी–ट्वेन्टी क्रिकेट शृंखला भारतले जित्याे

वेस्ट इन्डिजविरुद्वको टी–ट्वेन्टी क्रिकेट शृंखला भारतले जित्याे

  • सोमवार, साउन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी, साउन २० ।अमेरिकाको फ्लोरिडामा भएको वेस्ट इन्डिजविरुद्वको टी–ट्वेन्टी क्रिकेट शृंखला भारतले जितेको छ ।

दोस्रो खेलमा वेस्ट इन्डिजलाई २२ रनले हराउँदै भारतले सिरिज जितेको हो । तीन खेलको सिरिजअन्तर्गत लगातार दुई खेल जित्दै भारतले अन्तिम खेल अघि नै शृंखला कब्जा गरेको हो ।

गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टिमले ५ विकेट गुमाएर १६७ रन बनाएको थियो । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको ६७ रनको मद्दतले भारतले सो स्कोर खडा गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । त्यसपछि बर्षाले खेल प्रभावित बनेको थियो ।

डकवर्थ लुईसको आधारमा भारतले खेल २२ रनले जितेको घोषणा गरिएको थियो । भारत र वेस्ट ईन्डिजबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी खेल भोलि हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ