पवित्र तीर्थस्थल गोसाइँकुण्डमा मेला सुरु

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा मेला सुरु

  • सोमवार, साउन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

रसुवा, साउन २० । साेमवार नागपञ्चमी, घरकाे मुल ढाेकामा नागकाे फाेटाे राखेर पूजा गर्ने गरिन्छ । उता, आजैबाट  रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा मेला सुरु भएको छ ।

नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाका दिनसम्म लाग्ने १० दिने मेला आजबाट सुरु भएको हो । मेलामा तीर्थयात्रुको आवागमन बढ्न थालेसँगै गोसाइँकुण्ड क्षेत्र विकास समिति तथा स्थानीय प्रशासनले पहिलो चरणअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय संघ संस्थाबाट सदरमुकाम धुन्चेदेखि देउरालीसम्म पैदल मार्गको सरसफाई गरेको छ ।

गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुहरुको यात्रा सहज बनाउन सरसफाई उपसमिति, वातावरण संरक्षण उपसमिति, प्रचारप्रसार उपसमिति, स्वास्थ्य उपसमितिलगायत १० वटा उपसमिति बनाई तयारीलाई तिब्र बनाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्ड गाउँपालिका ५ मा रहेको गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनै पूर्णिमामा मेला लाग्ने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ