नेकपाका नेता भेट्न कडाइ: छोरीलाई बाबा भेट्न नदिएपछि पत्निको आक्रोशः ‘वाह.. प्रचण्ड! तिम्रो गणतन्त्र’

नेकपाका नेता भेट्न कडाइ: छोरीलाई बाबा भेट्न नदिएपछि पत्निको आक्रोशः ‘वाह.. प्रचण्ड! तिम्रो गणतन्त्र’

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 27.6K
    SHARES

काठमाडौं, १९ साउन ।
प्रहरी हिरासत तथा कारागारमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई भेटघाटमा सरकारले कडाइ गरेको छ । गत फागुन २८ गते पाटीमाथि प्रतिबन्ध लगाएपछि गिरफ्तारी तथा धरपकड तिब्र पारेको सरकारले अहिले बन्दी जीवन विताईरहेका नेता कार्यकर्तालाई भेटघाटमा समेत कडाइ गरेको हो ।
परिवार तथा आफ्न्तलाई समेत सहज रुपमा घेटघाट गर्न नदिएको भन्दै उनीहरुका परिवारले आपत्ती जनाएका छन् । यसैक्रममा यहि साउन ४ गते काठमाडौंको काडाँघारीबाट गिरफ्तार नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका व्युरो इन्चार्ज माइला लामालाई भेट्न गएका आफन्तलाई ‘माथिको आदेश’ भन्दै भेटघाट गर्न नदिईएको पारिवारले जनाएको छ । पत्नि मनु तामाङले सामाजिक सञ्जाल फेसबुकमा आइतवार राति १०ः४२ बजे एउटा र्मािक स्टाटस राख्दै माइला लामासँग भेट्न गएका आफन्तलाई समेत माथिको आदेश भन्दै भेट्न नदिएको बताएकी छन् ।
आइतवार छोरी तथा आफन्तहरु नेता लामालाई भेटन गएका थिए । तर छोरीलाई समेत भेट्न नदिएर जेलको गेटबाटै फर्काएपछि उनले राति आज यिनले आफ्नो बाबालाई भेट्न माथीको आदेश कुर्न पर्ने? भन्दै फेसबुकमार्फत सरकारसँग प्रश्न गरेकी छिन् ।
उनले आक्रोस मिश्रीत शब्दमा भावुक रुपमा लेखेकी छिन्, ‘ यिनका के दोष थिए र प्रचण्ड महोदय ! आज यिनले आफ्नो बाबालाई भेट्न माथीको आदेश कुर्न पर्ने?के बन्द पर्खाल भित्र यिनले आफ्नो बाबालाई बम र गोली पुराउलान् र? वाह….. प्रचण्ड!तिम्रो गणतन्त्र !’

बाबा भेट्न गएकी छोरीलाई समेत माथिको आदेश छ, भेट्न मिल्दैन भनेर फर्काएको भन्दै मिर्मिरेसँग कुरा गर्दै मनुले आक्रोश पोखिन् । घन्टौसम्म कुराएर पालो आएपछि माइला लामालाई श्रीमती बाहेक कसैलाई भेट्न नदिनु भनेर माथिको आदेश आएको छ भेट्न मिल्दैन भनेर छोरीलाई समेत फर्काइदिएको बताईन् ।

नेता लामालाई भेट्न गएका अर्का आफन्तले पनि फेसबुकमा स्टाटस पोस्ट गर्दै नख्खु कारागारको आजको घटनाले ०५२ साललाई सम्झाईदिएको जनाएका छन् । कारागार गएर फकिएपछि रक्तिम लामाले यस्तो स्टाटस राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ