पोखरा, १९ साउन ।
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी अस्पताल० मा अख्तिायारको टोलीले छापा मारेको छ । एमआरआई मेसिन खरिद र सामाजिक सेवा इकाइ सञ्चालनमा आर्थिक अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले आज छापा मारेको हो ।
अख्तियारको टोलीले अस्पतालबाट केही कागजात पनि नियन्त्रणमा लिएको छ । अस्पतालले गएको साल नै खरिद गरी करिब ७ महिना अगाडि नै एमआरआई मेसिन सञ्चालन गरेको थियो ।
मेसिन खरिद र सामाजिक इकाई सञ्चालन गर्न आर्थिक लेनदेनका आधारमा जिम्मा दिइएको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो । आज मेसिन खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिइएको छ ।
उपकुलपति डा।वुद्धिबहादुर थापा काठमाडौं रहेकाले सामाजिक इकाई सञ्चालन जिम्माबारे कागजात भने अख्तियारले नियन्त्रणमा लिन पाएन । उपकुलपति थापाले कागजात राखेकाले कागजात प्राप्त गर्न नसकिएको अख्तियारले जानकारी दिएको छ ।