निलम्बित बीपीका उपकुलपति राैनियारले एक करोड २८ लाख भ्रष्टाचार गरेको प्रमाणित, विशेष अदालतमा मुद्दा दायर

निलम्बित बीपीका उपकुलपति राैनियारले एक करोड २८ लाख भ्रष्टाचार गरेको प्रमाणित, विशेष अदालतमा मुद्दा दायर

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

धरान, १९ साउन। आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिज डा. रामहरि रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।सेवाग्राहीसँग कार्यकक्षमा घुस  लिदैगरेकेा अवस्थामा रौनियारलाई गत असार २७ गते अख्तियारको टोलीले कार्यकक्षबाट पक्राउ गरेको थियो। रौनियारसँगै उनका भजित प्रतिष्ठानकै हाउस अफिसर रामहरि पक्राउ परेका थिए।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले रौनियारविरुद्ध एक करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भएपछि मुद्दा दायर भएको उनको भनाइ छ। रौनियारले प्रतिष्ठानमा भ्रष्टाचार गरेको भन्दै सरकारले उनलाई निलम्बन गरेको थियो।

निलम्बनपछि सर्वोच्चमा रिट हालेका रौनियार प्रधानन्यायाधीश चालेन्द्र शमशेरको अन्तरिम आदेशपछि पुर्नबहाली भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ