तेस्रो ठुलो प्याराडाइज इन्टरनेशनल म्यानपावरमा विभागको छापा

तेस्रो ठुलो प्याराडाइज इन्टरनेशनल म्यानपावरमा विभागको छापा

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, साउन १९ ।
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुमा छापा मार्ने क्रम तीव्र पारेको छ । आज ललितपुरको कुपण्डोलस्थित नेपालकै ठूलो म्यानपावरमा गनिने प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा विभागले छापा मारेको हो ।

युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचना पाएपछि विभागको टोली पुगेको थियो । टोलीले कामदारसँग तोकिएको भन्दा धेरै शुल्क उठाइरहेको रंगेहात फेला पारेको छ ।

क्लिनरका रुपमा पठाउन लागिएका कामदारसँग कम्पनीले १ लाख भन्दा बढी रकम मागेको थियो । विभागले अनुसन्धानका लागि म्यानपावरका विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

प्याराडाइज म्यानपावर कम्पनी गत वर्ष सबैभन्दा धेरै कामदार पठाउनेमा तेस्रो स्थानमा थियो । यसले एक वर्षमै ३ हजार सय २७ कामदारलाई विदेश पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी