कक्षा १–३ मा एकीकृत शिक्षा लागू गरिदैँ, नयाँ पाठ्यक्रम परीक्षण

कक्षा १–३ मा एकीकृत शिक्षा लागू गरिदैँ, नयाँ पाठ्यक्रम परीक्षण

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौँ, साउन १९ ।
पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका सामुदायिक विद्यालयमा कक्षा १–३ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ । कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रम निर्माण गरिएको छ। मिल्ने विषयवस्तुसँगै पढाउने उद्देश्यसाथ केन्द्रले एकीकृत पाठ्यक्रम बनाएको हो ।

यसका लागि ६ वटा क्षेत्र तोकिएका छन्। नेपाली, अंग्रेजी, गणित, सामाजिक र सिर्जनात्मक कला, विज्ञान स्वास्थ्य शारीरिक वातावरण र स्थानीय भाषा वा स्थानीय विषय राखिएको छ । सिर्जनात्मक कला र सामाजिकलाई एकै ठाउँ समेटेर मेरो सेरोफेरो विषय बनाइएको छ ।

परीक्षण थालिएको पाठ्क्रममा स्थानीय तहले तयार गरेको एउटा विषय पनि समावेश गरिनेछ । सो विषयमा स्थानीय तहमा बोलिने भाषालाई प्राथमिक्ताका साथ राखिनेछ। साताको २६ घण्टा पढाउने गरी पाठ्यक्रम तय गरिएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी तथा निर्देशक गणेश भट्टराईले बताउनुभयो ।

उनका अनुसार २०७७ देखि कक्षा १ देखि ३ बाट नयाँ पाठ्यक्रम कार्यान्वयन थालिनेछ । सो पाठ्यक्रमको सिकाईलाई जीवनसँग जाडिन सहयोग पुग्नेछ । यसबाट विद्यार्थीले व्यवहारीक सिप सिक्नेछ भने साक्षरता, अन्तरवैयत्तिक सञ्चार गरी पाँच क्षेत्रका २९ सिपहरु सिक्न सक्ने भट्टराईको भनाई छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी