कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएको भन्दै स्थानीयद्वारा प्रदर्शन

कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएको भन्दै स्थानीयद्वारा प्रदर्शन

  • आइतवार, साउन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, १९ साउन । ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीयले आइतबार प्रदर्शन गरेका छन् ।

भू–माफियाको मिलेमतोमा कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै नेवाः राजनीतिक अभियानको संयोजनमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

इन्द्रचोकबाट निकालेको विरोध र्‍याली ठमेलस्थित छायादेवी कम्प्लेक्समा पुगेर कोणसभा गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नागरिक अगुवाहरुले ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक सम्पदा अतिक्रमण भएको भन्दै त्यसलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा काम गर्न माग गरे ।

उनीहरुले स्थानीयका मागका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकार मौन बसेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए ।

र्‍याली र कोणसभामा सहभागीहरुले भूमाफियाको प्रलोभनमा परेर सरकारी कर्मचारीले कमलपोखरी अतिक्रमण गर्दा पनि महानगरपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेकोप्रति आपत्ति जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ