काठमाडौं, १८ साउन ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) तहसम्मका प्रहरीको मात्र प्रदेशमा समायोजन हुने व्यावस्थासहितको विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
करिब एक महिना लामो छलफलपछि विधेयक टुंगो लगाइएको समितिले प्रहरी समायोजनसम्बन्धी निर्णय गरी ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ संसद् बैठकमा पेस गर्ने तयारी गरेको समितिकी सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले पेस गरेको विधेयकमा डिएसपीसम्मका प्रहरीलाई समायोजन उचित हुने निर्णयपछि सोहि प्रावधान राखेर परिमार्जनसहित संसद् बैठकमा पेस गर्न लागिएको हो ।
गृह मन्त्रालयले संसद्मा दर्ता गरेको विधेयकमा गृहसचिव अध्यक्षताको एक समितिलाई यससम्बन्धी अधिकार दिइएको थियो । राज्य व्यवस्थाले डिएसपीसम्मका प्रहरीलाई समायोजन उचित हुने निर्णय गरेको हो ।