जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेल्दै अंक बाड्यो

जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेल्दै अंक बाड्यो

  • शनिबार, साउन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १८ साउन । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेल्दै अंक बाडेको छ ।

आज भएको खेलमा जकार्ताले अरिमासँग २÷२ गोलको बराबरी खेलेको हो ।
जकार्ताको लागि मार्को सिमिक र नोभ्री सेटिवानले एक एक गोल गरे । अरिमाको लागि हानिफ र अहमद नुरले एक एक गोल गरे ।
अरिमाविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
यो बराबरीसँगै साविकको विजेता समेत रहेको जकार्ताले ८ खेलबाट ७ अंक जोडेको छ । यस सिजन खराब लयमा रहेको जकार्ताले १ मात्र खेलमा जित निकालेको छ ।
जकार्ता लिगको १७ औं स्थानमा छ । अरिमाको ११ खेलबाट १९ अंक रहेको छ । अरिमा चौंथो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ