१८ साउन, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–३, को वडा कार्यालयमा खाना पकाउने प्रयोजनका लागि राखिएको ग्यास सिलिन्डर विस्फोट हुँदा कार्यालयका कम्प्युटर, दराज तथा कागजपत्र जलेर नष्ट भएका छन् ।
भिरपानीस्थित वडा कार्यालयभित्र राखिएको ग्यास सिलिन्डर आज बिहान करिब साढे २ बजे अज्ञात समुहले विस्फोट गराइएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिनुभयो ।
वडाध्यक्ष कार्कीका अनुसार, कार्यालयको छानाको जस्ता निकाली विस्फोट गराइएको छ । विस्फोटबाट कार्यालयमा राखिएका कम्प्युटर, दराज तथा कागजपत्र जलेपनि वडाध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटर तथा कागजातहरू भने सुरक्षित रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रामेछापले अज्ञात समूहले गराएको विस्फोटबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline