बाग्मती र बकैयाको बाँध मर्मतको माग गर्दै जलश्रोत मन्त्रालय पुगे नेता साह, आयो यस्तो निर्देशन

बाग्मती र बकैयाको बाँध मर्मतको माग गर्दै जलश्रोत मन्त्रालय पुगे नेता साह, आयो यस्तो निर्देशन

  • शुक्रबार, साउन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

संजय सहनी/रौतहट, श्रावण १७ ।

सत्तारुढ नेकपाका प्रदेश नं २ कमिटि सदस्य शम्भु शाहले रौतहटको बागमती र लाल बकैया खोला किनारको बाँध तत्काल निर्माण गर्नुपर्नेतर्फ मन्त्रालयको ध्यानकर्षण गराउनु भएको छ ।

शुक्रवार जलश्रोत मन्त्रालय पुगेका नेता साहको बाढिबाट क्षतिग्रस्त बागमती र लाल बकैया खोला किनारको बाँध तत्काल मर्मत नगरे ठुलो क्षती हुनसक्ने तर्फ ध्यानाकर्षण गराउनु भएको हो ।उहाँले मन्त्रालय पुगेर नदी नियन्त्रणका उप–निर्देशक प्रदिप थापासँग भेट गर्नुभएको थियो ।

भेटपछि नदी नियन्त्रणका उप–निर्देशक प्रदिप थापाले रौतहटमा क्षति भएको तथा टुटेफुटेको सम्पूर्ण बाँधको मर्मतको लागि शुक्रवार निर्देशन दिनु भएको शाहले बताउनुभयो ।

नेता साहले खोला किनारको बाँध बाढिबाट क्षतिग्रस्त भएको र त्यसबाट पर्ने असरबारे जानकारी गराएपछि उप निर्देशक थापाले वागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवलाई निर्देशन दिएको उहाँले बताउनु भयो ।

गौर नगरपालिकाका मेयर प्रत्याशि समेत रहेका साहले बाँध मजबुत नहुनुबाट भएको क्षति बारे गम्भीर ढंगले उप निर्देशक थापालाई आफुले जानकारी गराएपछि तुरुन्त बाँध मर्मत गर्न प्रति चासो देखाई निर्देशन दिनभएको कुरा जानकारी दिए ।

असार २७ र २८ गते लाल बकैया नदीमा आएको ठूलो बाढीबाट गौर नपाको महादेवपर्टीमा ३२ मिटर, देवाही गोनाही नपाको दोहरटोलमा २२५ मिटर, करुनियामा ४२ मिटर, कटहरियामा १५५ मिटर, बुनियाद ३७ मिटर, लक्ष्मिपुरमा २७ मिटर तेजापाकडमा ४४२ मिटर, इनर्वामा ६० मिटर र वैरियामा २०० मिटर गरी ९ स्थानमा १२२० मिटर तट्बन्ध पूर्ण रुपमा बगाएका थिए ।

यसैगरी वागमती नदीले गढीमाई नगरपालिकाको लक्ष्मिपुरमा ३९ मिटरमा बाँध कटान गरेको, रादेवी नपाको व्रम्हपुरी, बसतपुर दुर्गा भगवती गाँउपालिकाको बडहर्वा र मत्सरीमा गरी एक किलोमिटर बाँधको वेड कटान गरेका छन् । सर्लाही तर्फ धुर्वामा १२० मिटर, मानपुरमा ४७ मिटर बाँध फुटेको छ भने राजघाट र हजरियामा १३ सय मिटर बाँध छेउको जग्गा कटान गरिसकेको अवस्था छ ।

बाढीबाट लाल बकैया र बागमती नदीमा भएको क्षतिबाट तट्बन्धको संरचना ध्वस्त हुँदा करिव ५ करोडको स्टिमेट उर्जा तथा सिंचाई मन्त्रालयमा पठाएपनि दुवै नदीको बाँधलाई मर्मत गर्न १३ करोड भन्दा बढी रकम खर्च हुने प्राविधिक रिपोर्ट आएको प्रमुख श्रीवास्तवले जानकारी दिए । आफनो स्तरबाट जति भए पनि उधारोमा बोरा र प्लाष्टिकको जाली लिएर बाँध जोगाउन पठाएको तर मर्मत गर्न समयमै बजेट आएमा मात्रै केही हुन सक्ने उनले स्पष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ