काठमाडौं, साउन १७ ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियासँग नेपालले क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने भएको छ ।
अष्ट्रेलिया फुटबल फेडेरेसनले नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो । छनोटको समूह ’बी’ मा रहेको नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबर १० मा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।
अष्ट्रेलियाले सन् २०१५ पछि पहिलो पटक क्यानबेरामा खेल्न लागेको हो । अष्ट्रेलियाले सन् २०१५ मा किर्गीस्तानविरुद्ध खेलेको थियो । जुन खेल अष्ट्रेलियाले ३(० ले जितेको थियो ।अष्ट्रेलियाले नेपालसँगको खेलका लागि अगष्ट १३ बाट टिकट बिक्री सुरु हुने जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline