पहिरोमा परी एकैघरका दुईजनाको मृत्यु

पहिरोमा परी एकैघरका दुईजनाको मृत्यु

  • शुक्रबार, साउन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बाजुरा, साउन १७ । बाजुराको गौमुल गाउँपालिका–६, बसालाको शान्तिटोलमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।लगातारको भारी वर्षाका कारण गएकाे पहिराेमा परी शान्तिटोलमा एकैघरका आमा र छोरीकाे मृत्यु भएकाे हाे ।

पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

राति करिब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जंगे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् । जंगे चदाराको गौमुल गाउँपालिकाको घटमुना सहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ ।

वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडासदस्य प्रेम विकले जानकरी दिए ।थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरीचौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ ।जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ