चितवनकाे वडा कार्यालयमा आगजनी, कार्यालयका कागजातलगायतका सामग्री जले

चितवनकाे वडा कार्यालयमा आगजनी, कार्यालयका कागजातलगायतका सामग्री जले

  • शुक्रबार, साउन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

चितवन, साउन १७ । चितवनकाे एक वडा कार्यलयमा आगजनी भएकाे छ । कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए ।

आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् । कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको देखिएको मेयर श्रेष्ठले बताए ।

आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ