काठमाडौं, १६ साउन ।
सवप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेत्री धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
ललितपुर जिल्ला अदालतमा बिहिवार भएको थुनछेक बहसपछि न्यायाधीश शिव रानाभाटको एकल इजलासले नेत्री भृकुटीलाई पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो ।
भृकुटीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना र रामकृष्ण भण्डारीले बहस गरेका थिए ।
पूर्वसभासद्समेत रहेकी कालीकोटकी नेत्री भृकुटी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिवसमेत हुन् । उनलाई प्रहरीले सोमबार काठमाडौँको बूढानीलकण्ठबाट गिरफ्तार गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline