एनसेलका २१ टावरमा आगजनी र विस्फोट, कहाँ कति क्षती ?

एनसेलका २१ टावरमा आगजनी र विस्फोट, कहाँ कति क्षती ?

  • बिहिबार, साउन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

कठमाडौं, १६ साउन ।
देशका विभिन्न स्थानमा रहेका मोबाइल सेवा प्रदायक एनसेलका २१ टावरमा आगजनी भएको छ .
बुधबार राति र बिहीबार बिहान भएका घटनामा विभिन्न जिल्लामा एनसेलका २१ टावरमा क्षति पुगेको हो। नेपाल टेलिकमको एउटा टावरमा आगजनी भएको छ।

नवलपुर, बेनी, ललितपुर, सिन्धुपाल्चोक, तनहुँ, मोरङ, पोखरा, डोटी, गोरखा र भोजपुरमा एनसेलका टावरमा आगजनी भएको छ। कैलालीमा चारवटा टावरमा आगजनी भएको छ।
नेपालगञ्जमा २ वटा टावरमा क्षति पुगेको छ। धादिङका ३ वटा टावरमा आगजनी भएको छ। यस्तै, सल्या र बैतडीमा १÷१ वटा टावरमा आगजनी भएको छ। अर्घाखाँचीमा नेपाल टेलिकमको एउटा टावरमा क्षति पुगेको छ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको एनसेल टावरमा आगजनी भएको छ। ब्ुधवार राति ११ बजे टावरमा अज्ञात समूहले आगजनी गरेको हो।
आगजनीबाट जेनेटर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले बताए। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटर दूरीमा छ। पूर्वी जिल्लामा एनसेलका ३५ वटा टावर रहेको प्रहरीले जनाएको छ।

बेनी नगरपालिका २ खबरास्थित एनसेलको टावरमा बुधबार राति आगलागी भएको छ। आगलागीबाट ब्याट्री र जेनेरेटरमा क्षति पुगेको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए ।
यस्तै बिहीबार बिहान बाँकेमा एनसेलका २ टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका(२० मनिकापुर नयाँबस्ती र डुडुवा गाउँपालिका(४ मेहमानपुरमा रहेको एनसेलको टावरमा बिहान साढे १ बजेतिर जुटको बोरामा पेट्रोल छर्केर आगजनी गरेको भेटिएको छ।

कैलालीका विभिन्न क्षेत्रमा रहेका एनसेल टेलिकमका टावरमा आगजनी गरेको छ। बुधबार राति जिल्लाको जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगर पालिकामा रहेका टावरमा आगजनी भएको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी ६ मा समेत एनसेलको टावरमा आगजनी भएको छ । आगजनीबाट टावरका उपकरण जेनेरेटर, कन्टोल बक्स र टावर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन्।

ललितपुरको कोन्जोस्योम गाउँपालिका वडा नम्बर २ मा रहेको एनसेल टावरमा आगलागी भएको छ ।
अज्ञात समुहले टावरमा लगेको तारको मुठोमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलका प्रवक्ता नारायन चिमरीयाले जानकारी दिए। उनका अनुसार उक्त समूहले तारमा आगो लगाएर रातो र कालो तार जडित प्रेसर कुकर छाडेर हिँडेको र नेपाली सेनाको टोलीले उक्त बम बिहान सवा ७ बजे डिस्पोज गरेको छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आगजनी भएको छ। तनहुँको घिरिङ गाउँपालिका ३ घुल्मीछापमा रहेको एनसेलको टावरमा आगलागी भएको छ।

उता, मोरङको पथरीशनिश्चरे नगरपालिका(६ मंगलबारेमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरेको छ। आगजनीबाट टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा सामान्य क्षति पुगेको छ।

केही तारहरु जलेका छन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार पेट्रोल छर्किएर जुटको बोरा प्रयोग गर्दै आगो लगाइए पनि त्यसले ठूलो क्षति भने भएको छैन।तारले घेराबारा गरेको ठाउँको गेट फुटाएर कम्पाउण्डभित्र पसेर आगजनी गरिएको उनले बताए।
घटनास्थलमा आगजनीका लागि पेट्रोल बोक्न प्रयोग गरिएको प्लाष्टिकको बोतल फेला परेको छ। बिहीबार बिहान ७ बजे स्थानीयले आगजनी गरिएको देखेर प्रहरीलाई खबर गरेका थिए।
यस्तै पोखरा महानगरपालिका २८ माझठानामा डाँडागाउँमा एनसेल टावरमा आगलागी भएको छ। डोटीको जोरायल गाउँपालिका (१ गोगनपोनी कटौंचथलामा रहेको एनसेल टावरमा एक समूहले आगजनी गरेको छ।

गोरखाको पालुङटार नगरपालिका( ८ दुभारमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ।भने भोजपुरको रामप्रसाद राई गाउँपालिका( १ ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावर अज्ञात समूहले आगजनी गरेको छ।

बैतडीको पुरचौंडी नगरपालिकाको १ उचापात्थर कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सल्यानको बागचौर नगरपालिका(५ शिवरथ जारुमारेमा रहेको एनसेल टावरमाथि आगजनी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आगजनीबाट टावरमा रहेको दुईवटा सोलारका प्यानलमध्ये एउटा पूर्णरुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। धादिङका ३ ठाउँमा ३ वटा एनसेल टावरमा आगजनी गरेको छ।
राज्यलाई अरबौं कर नतिरेरै आफ्नो ब्यवसाय संचालन गरिरहेको एनसेलमाथि ब्यापक जनदबाब रहेको छ । बिगतदेखि नै नेपाल कम्युनिस्ट पार्टीले एनसेलले कर तिर्नु पर्ने माग राख्दै एनसेललाई चेतावनी स्वरुप कारबाही गर्दै आइरहेको छ ।

नागरिक अगुवाहरुले पनि एनसेलले कर तिर्नु पर्ने दबाब दिइराखेका छन् । त्यस्तै नेकपाका युवा नेताहरु, बिद्यार्थीहरुले नो ट्याक्स नो एनसेल अभियान पनि संचालन गरिरहेका छन् ।
सरकारले एनसेलसँग कर लिन सक्ने आफ्नो क्षमता नदेखाइरहँदा दबाब स्वरुप पुनः यो कारबाही हुनुले नेकपाले गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्धपि हालसम्म कसैले जिम्मा लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ