नियन्त्रणमा लिएर कुमार पौडेलको हत्या गरेको निष्कर्षसहितकाे प्रतिवेदन सार्वजनिक

नियन्त्रणमा लिएर कुमार पौडेलको हत्या गरेको निष्कर्षसहितकाे प्रतिवेदन सार्वजनिक

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

साउन १५, जनकपुरधाम ।

प्रदेश २ मा मानव अधिकारको क्षेत्रमा कार्य गरिरहेका विभिन्न संस्थाहरूले विप्लव  नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेडमा मृत्यु नभएको निष्कर्ष निकालेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल, तराई मानव अधिकार रक्षक संजाल, महिला मानव अधिकार रक्षा संजाल, नेपाल मानव अधिकार संगठन र उन्नत नेपालले अनुसन्धान र अध्ययनपश्चात जनकपुरमा बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा पौडेलको दोहोरो भिडन्तमा मृत्यु भएको हो भन्ने विश्वसनीय आधार नदेखिएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा प्रहरीले भिडन्तको नाममा नियन्त्रणमा लिएर पौडेलको हत्या गरेको घुमाउरो भाषा प्रयोग गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘पौडेलको दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिएपश्चात हत्या गरिएको हुनसक्ने यथेष्ठ सम्भावना रहेको देखिन्छ।’ विगत केही वर्षदेखि मुठभेडका नाममा व्यक्तिको हत्याको श्रृंखला बढेको पनि प्रतिवेदनमा उल्लेख छ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले घटनाको प्रकृति र विभिन्न दृष्टिले अध्ययन गर्दा पनि पौडेल समूह र प्रहरीबीच भिडन्त भएको नदेखिएको बताए। ‘घटना गम्भीर प्रकृतिको हो। त्यसैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्छ’ उनले भने, ‘पौडेलको पोष्टमार्टम रिपोर्ट अस्पतालले दिन नमानेकाले घटना दबाउने प्रयास भइरहेको आशंका छ।’ प्रतिवेदन सार्वजनिक गरेका संस्थाहरूले विभिन्न ६ बुँदे मागसमेत राखेका छन्।

निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा दण्डहीनता अन्त्य, कथित मुठभेडका नाममा व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न संस्था वा व्यक्तिलाई उत्तरदायी बनाउन सहितका माग राखेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ