सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गृहले गर्याे पत्राचार

सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गृहले गर्याे पत्राचार

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

१५ साउन, काठमाडौं ।
सरकारले सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ गरेकाे छ । नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि गृह मन्त्रालयले नियमन थालेकाे हाे ।

गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने व्यवस्था लागू गरेको छ।

नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको स्राेतले जनाएकाे छ ।

वन रक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेपछि सेनाले आपत्ति जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ