इँटाभट्टाको खाल्डोमा डुब्दा रौतहटमा दाजु–बहिनीको मृत्यु

इँटाभट्टाको खाल्डोमा डुब्दा रौतहटमा दाजु–बहिनीको मृत्यु

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

संजय कुमार सहनी/१५ साउन, रौतहट । इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुब्दा रौतहटमा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका ४ का सञ्जय साहका छोराछोरीको ११ बर्षका अनिश साह र ८ बर्षकी कल्पना साह रहेका छन् । सर्लाही घर भइ बुवा संग रौतहट बस्दै आएका दुबै दाजुबहिनीको चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इँटा उद्योगले बनाएको खाल्डोमा खेल्न जादा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमको लागि चन्द्रनिगाहपर अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पानी जमेका खाल्डा खुल्डीमा बालबालिकालाई नपठाउन र पौडी खेल्न नदिन तथा निगरानीमा राख्न अभिभावकसंग आग्रह गरेको छ ।
घर बाहिरका खाडल, पोखरी तथा नदीहरुमा पानीको मात्रा बढी रहेकोले आफ्ना बालबालिकालाई निगरानीमा राख्न र विशेष ध्यान दिन समेत आग्रह गरिएको रौतहटका डीएसपी नविन कार्कीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ