नेकपाद्धारा अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटीको रिहाईको माग

नेकपाद्धारा अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटीको रिहाईको माग

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं १५ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महिला नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई तत्काल रिह ागर्न माग गरेको छ ।
नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव उपाध्यायलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको भन्दै सो पार्टीले विनासर्त रिहा गर्न माग गरेको हो ।

ने.क.पा काठमाडौंका जिल्ला ईन्चार्ज शैलेशले बुधवार विज्ञप्ति जारी गर्दै नेतृ उपाध्ययलाई प्रहरीले विनाकारण गिरफतार गरेको निन्दा तथा भत्सना गर्दै रिहाईको माग गर्नुभएको छ ।

नेतृ उपाध्ययलाई मंगलवार अपरान्ह पौने ३ बजेतिर जनतासंग घरदैलो अभियान का क्रममा राजनैतिक भेटघाट र छलफलका लागि जनताको घरमा बसिरहेको बेला काठमाडौंको बुढानिलकन्ठबाट प्रहरीले विनाकारण गिरफ्तार गरेको इन्चार्ज शैलेशले बताउनु भएके छ ।

विज्ञप्तिमा सामाजिक फासिवादी सरकारले न्युनतम् राजनैतिक अधिकार समेतलाई बन्दुकको बलमा निमोठ्ने गरी गिरफतार गरेको भन्दै पार्टिको गंभिर ध्यानाकर्षण भएको उहाँले बताउनु भएको छ ।

साथै इन्चार्ज शैलेशले नेतृ उपाध्यायसहित सबै गिरफ्तार नेता, कार्यकर्ताहरुको यथाशिघ्र रिहाई गर्न र मानवअधिकार आयोग, मानअधिकार बादी संघ संस्था, सच्चा लोकतन्त्रबादी, नागरिक समाज र सच्चा राष्ट्रवादीहरुलाई रिहाईको निम्ति पहल गरी सहयोग गरिदिन अपिल समेत गर्नुभएको छ ।

सच्चा समाजवादी राज्य व्यवस्था प्राप्त गर्नको निम्ति क्रान्तिको प्रकृयामा रहेको पार्टी माथि फासिबादी सरकारले चलाएको दमन र विनाकारण गरिने धरपकडले क्रान्तिको मार्गलाई विचलित नहुने पनि विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा दलाल सरकारले चलाएको दमन र गैरन्यायिक धरपकडबाट कत्ति पनि विचलित नभई आ–आफ्नो ठाउँबाट प्रतिवाद एवं प्रतिरोध गर्न पार्टी पंक्ति र जनसमुदायमा अपिलगर्दै फांसिवादबाट सिर्जित समस्याले नेकपालाई मात्र नभई न्यायप्रेमी जनसमुदाय समेतलाई लपेटदै जाने बताइएको छ ।

यसको प्रतिवाद एकिकृत जनक्रान्तिले मात्र गर्न सम्भव भएकोले सबै समुदायलाई क्रान्तिको ताकत वरिपरि गोलबद्ध हुन पनि नेकपाको अपिल छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ