योगेश भट्टराईद्धारा पर्यटनमन्त्रीको शपथ, मन्त्रालय पुगेर भने – रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको हुँ !

योगेश भट्टराईद्धारा पर्यटनमन्त्रीको शपथ, मन्त्रालय पुगेर भने – रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको हुँ !

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, साउन १५ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार मन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई बुधबारै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथसमेत गराएकी छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

गएको फागनु १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन अवस्थामा थियो ।  भट्टराई २०७४ सालको निर्वाचनमा त्यहीँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

योगेश भट्टराई वि.सं. २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमाजन्मिनुभएको हो ।

यसैबीच सपथ ग्रहण गरेलगत्तै नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भट्टराईले मन्त्रालय पुगेर बुधबार नै पदभार ग्रहण गर्नुभएको छ ।

सो क्रममा स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीको सम्झना गर्दै उहाँले परिस्थितिले आफू अधिकारीको उत्तराधिकारीको रुपमा कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो ।

‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं, उहाँले भन्नुभयो ।

रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयलाई उचाइमा र्पुयाएको पनि उहाँले चर्चा गर्नुभयो ।

केही दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्ने भन्दै मन्त्री भट्टराईले आफूले गर्न सक्ने कुरामात्रै प्रतिवद्धता गर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ