आज साउन १५ खीर खाएर मनाउँदै: यस्तो छ खीरको सांस्कृतिक वैज्ञानिक महत्व

आज साउन १५ खीर खाएर मनाउँदै: यस्तो छ खीरको सांस्कृतिक वैज्ञानिक महत्व

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौं, १५ साउन । आज साउन १५, नेपालीहरुले खीर खाएर साउन १५ मनाउँदै छन् । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।

नेपाली समुदायमा असार १५ मा दही चिउरा र साउन १५ मा खिर खाने चलन छ । स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।

वर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकाले यसबाट बच्न खिर खानु फाईदाजनक रहेको आयुर्वेद चिकित्सक डा. अमितमान जोशीले बताउनु भयो ।

यस्तै आज मध्यान्ह पौने १२ बजेदेखि औँसी लागेर पितृपक्ष सुरु हुने भएकाले यो दिन अभ्यागतलाई खिर भोजन गराउँदा पितृसमेत खुसी हुने योग समेत परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ