प्रधानमन्त्री केपी ओली आराम गर्न सिंगापुर जाँदै, राति दुईबजेसम्म काम गर्दा धपेडी

प्रधानमन्त्री केपी ओली आराम गर्न सिंगापुर जाँदै, राति दुईबजेसम्म काम गर्दा धपेडी

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न १८ गते सिंगापुरतर्फ जाने भएका छन् । निकटस्थ र चिकित्सकले केही दिन आराम गर्न सल्लाह दिएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेका हुन ।

एक साताको सिंगापुर बसाइका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षणपनि गराउने छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंहका अनुसार दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले उनलाई आरामको जरुरत छ ।

केही दिन आराम गर्न र स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सिंगापुर जान लागेको उनले बताइन ।

‘दैनिक कार्यसम्पादनमा धपेडी भयो । राति दुई बजेसम्म काम गर्नुहुन्छ । विहानै उठ्नुपर्छ । निकै धपेडी छ । त्यसैले उहाँ निकटस्थले पनि केही दिन देशबाहिर गएर आराम गर्न सुझाव दिएका छन्’, डा. सिंहले भनिन,‘हामीले पनि आराम गर्न सुझाएका छौं । सिंगापुरमा उनको स्वास्थ्य परीक्षण पनि हुनेछ ।’ -नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ