सुनसरीबाट कम्युनिस्ट विद्यार्थी अभियान-२ को सुरुवात, विद्यार्थीमाथिको दमन सह्य नहुने चेतावनी

सुनसरीबाट कम्युनिस्ट विद्यार्थी अभियान-२ को सुरुवात, विद्यार्थीमाथिको दमन सह्य नहुने चेतावनी

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

इटहरी, १४ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पुर्वको सुनसरीबाट कम्युनिस्ट विद्यार्थी अभियान २ को सुरुवात गरेको छ ।
अखिल (क्रान्तिकारी) मेची कोसी व्युरो समन्वय समितिले “सम्पुर्ण वामपन्थी,देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट हौँ! निजि शिक्षालाई राष्ट्रियकरण गरौँ,सरकारी शिक्षाको गुणस्तर बढाउँ!” भन्ने नाराका साथ अभियानको सुरुवात गरेको हो ।

अभियानको उद्घाटन गर्दै प्रमुख अतिथि अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष तथा पुर्वि कमाण्ड इन्चार्ज नरेन्द्र विकले विद्यार्थी माथिको धरपकड बन्द गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले विद्यार्थी माथिको धरपकड जारी राखे आफुहरु गम्भीरतापूर्वक अगाडि बढ्ने भन्दै विद्यार्थी माथिको दमन सह्य नहुने चेतावनी समेत दिनुभयो ।

माउँ पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धले बिद्यार्थीहरु त्रसित हुन नपर्ने भन्दै उहाँले बिद्यार्थीको हक अधिकार र शैक्षीक क्षेत्रमा देखिएका बिकृति हटाउन निडरताका साथ डटेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।

यस्तै नेकपाका व्युरो सदस्य तथा जिल्ला इन्चार्ज बिश्वासले युवा विद्यार्थीहरुनै देशको भावी कर्णधार भएकोले अबको क्रान्तिमा विद्यार्थीहरुको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो । पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएर दमन तथा धरपकड बढाएको भन्दै उहाँले युवा बिद्यार्थीले समेत त्यसको डटेर सामना गर्नुपर्ने बताउनु भयो ।

नेकपाका नेता कार्यकर्तामाथिको धरपकड र गिरफ्तार गर्ने कार्य बन्द गरी झुठा मुद्धामा फसाएर हिरासत तथा जेलमा राखिएका सबैलाई रिह ागर्न समेत उहाँले माग गर्नुभयो ।

त्यस्तै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष संजयले देशको हरेक परिवर्तनको आधार विद्यार्थी नै भएकोले विद्यार्थी संगठन माथिको दमन निन्दनीय कार्य भएको भन्दै सरकारको दमनको डटेर सामना गर्न तयार रहेको बताउनु भयो ।
अभियानकै क्रममा अखिल (क्रान्तिकारीले) सहिद बिद्यार्थी नेता प्रज्वलको फोटोमा माल्यार्पण तथा विभिन्न स्थानमा वृक्षरोपण समेत गरेको थियो । सो क्रममा कार्यक्रममा सहभागीहरुले सहिद प्रज्वलले देखेको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।

केन्द्रीय सदस्य एवम् मेची कोसी ब्युरो समन्वय समितिका संयोजक गणेशको अध्यक्षता रसंगठनका केन्द्रीय सदस्य पुष्पले सञ्चालन गरेको कार्यक्रममा संगठनकी केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला अध्यक्ष नतशा लगायत मेची कोसी ब्युरो अन्तर्गतको विभित्र स्कुल तथा क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियोे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ