प्राविधिक र वैज्ञानिक शिक्षामा शिक्षामन्त्रीको जोड

प्राविधिक र वैज्ञानिक शिक्षामा शिक्षामन्त्रीको जोड

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं साउन १४ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सरकारले प्राविधिक र वैज्ञानिक शिक्षामा जोड दिएको बताउनु भएको छ ।

आज काठमाडौमा नेपाल पत्रकार महासंघले आयोजना गरेको शिक्षा र लैगिंक समानता पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले अहिलेको आवश्यकता बुझेरै वैैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिइएको बताउनु भएको हो ।

मन्त्री पोखरेलले शिक्षामा समानता र सबैको पहुँच पुग्नु पर्ने भन्दै सर्वसुलभ शिक्षाको लागि आवश्यक तयारी भैरहेको बताउनु भयो । शैक्षिक क्षेत्रका विषयमा बढी कलम चलाउन पनि सञ्चारकर्मीलाई उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा मन्त्री पोखरेलले शिक्षा र लैगिंक समानताको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरुलाई सम्मान गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी