प्रहरी अनुसन्धानमा सरकारी वकिलले निर्देशन दिन पाउने व्यवस्था हटाउन सुझाव, विज्ञापनसम्बन्धी बोर्डका सदस्यको कार्यकाल चार वर्ष

प्रहरी अनुसन्धानमा सरकारी वकिलले निर्देशन दिन पाउने व्यवस्था हटाउन सुझाव, विज्ञापनसम्बन्धी बोर्डका सदस्यको कार्यकाल चार वर्ष

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, साउन १४ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज पनि छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्यहरुले विधेयकमा प्रहरीले गर्ने अनुसन्धानमा सरकारी वकिलहरुले कुनै किसिमको निर्देशन दिन पाउने व्यवस्था हटाउन सुझाव दिएका थिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले प्रहरीले स्वतन्त्र ढंगबाट अनुसन्धान गर्न पाउनुपर्ने धारणा व्यतm गर्नुभएको छ । सांसद प्रेम सुवालले कसैको दबाबमा प्रहरी परिचालन गर्ने परिपार्टीको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । सत्तापक्षले नै प्रहरीको कार्यसम्पादनमा हस्तक्षेप गर्ने गरेको भन्दै उनले यसबाट प्रहरीको छवि नै धुमिल हुने बताउनु भयो ।

सांसदहरु जनार्दन शर्मा, वृजेशकुमार गुप्तालगायतले सार्वजनिक सुरक्षा, सूचना संकलन सम्बन्धमा प्रदेश प्रहरीको अधिकार स्पस्ट भएपनि अपराध अनुसन्धानका सम्बन्धमा पनि पूरा अधिकार दिनुपर्ने सुझाव दिएका थिए ।
समितिका अन्य सदस्यहरुले कैदी स्थानान्तरणका सम्बन्धमा भने नेपाल प्रहरी र प्रदेश प्रहरी दुवैको कानुन लागू गर्नसकिने प्रावधान राख्नसकिने बताएका थिए ।

यस्तै मंगलवार नै बसेको विकास तथा प्रविधि समितिमा विज्ञापन नियमन गर्न बनेको विधेयकले प्रस्ताव गरेको विज्ञापनसम्बन्धी बोर्डका सम्बन्धमा बोर्डका सदस्यहरुको कार्यकाल चार वर्षसम्मका लागि हुने विषयमा सहमति जुटेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोर्डका पदाधिकारीहरुलाई जुनसुकै बेला सरकारले हटाउनसक्ने व्यवस्थाबारे भने समितिका सदस्यहरुले आपत्ति जनाएका थिए ।

समितिका सदस्यहरुले ताकिएको कार्यसम्पादनमा कुनै सदस्य इमान्दार नभए वा तोकिएको काम नगरे बोर्डले नै उक्त सदस्यलाई हटाउने वा राख्नेबारे अन्तिम निर्णय लिनसक्ने व्यवस्था गर्न समितिको ध्यानाकर्षण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ