हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छुः प्रचण्ड, अन्तर्राष्ट्रिय संस्थाले निकाले यस्ताे वक्तव्य

हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छुः प्रचण्ड, अन्तर्राष्ट्रिय संस्थाले निकाले यस्ताे वक्तव्य

  • सोमवार, साउन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, १३ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्रा्ष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने अभिव्यक्ति दिएका छन् ।
सोमबार बिहान निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु । ’
संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गर्दै भने, ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’।
परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उनले आरोप लगाए।

अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाले निकाले विज्ञप्ति 

प्रचण्डको अभिव्यक्तिपछि विज्ञप्ति निकालेर अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न नेपाल सरकार असफल भएको बताएका छन्।
प्रचण्डले अन्तर्रा्ष्ट्रिय अदालत (हेग) लगे आफू झन् हिरो हुने बताएका बेला एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गरी सरकार असफल भएको दाबी गरेका हुन्।
द्वन्द्वकालीन मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको जनाउदैँ उनीहरुले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिमा भएको ढिलाईले सरकार पीडितका मागमा गम्भीर नेखिएको बताए ।
‘द्वन्द्वकालीन मानवअधिकार उल्लंघनको अनुसन्धान गर्ने दोषीलाई साधारण अदालतमा निष्पक्ष सुनुवाई मातहत न्यायसामू ल्याउने दायित्व पूरा गर्न नेपालका अधिकारीहरू गम्भीर रहेको कुनै प्रमाण हामीले देखेका छैनौं’, एम्नेस्टी इन्टरनेसनलका दक्षिण एसिया अनुसन्धानकर्ता राजु चापागाईंले भने ।

पर्याप्त परामर्श बिना नै संक्रमणकालीन न्यायका संयन्त्रमा आयुक्तहरूको नियुक्ति प्रक्रियालाई अगाडि धकेलेको उनीहरुको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ