काठमाडौं, साउन १३ ।
बैदेशिक रोजगारीको नाममा महिला बेचबिखन बढ्दो क्रममा रहेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मानव बेचविखन समस्या र कारणबारे आज काठमाडौमा गरिएको कार्यक्रममा उनीहरुले बैदेशिक रोजगारीको क्रममा महिला र बालबालिकाको बेचबिखन बढ्दो क्रममा रहेकाले त्यसतर्फ सरकारले निगरानी बढाउनु पर्नेमा जोड दिएका छन् ।
पछिल्लो समय बैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि भएसंगै उनीहरु बेचबिखनमा परेको घटना पनि बढ्न थालेको उनीहरुको भनाई छ ।
महिला तथा बालबालिकाहरुको बेचविखनलाई रोक्नको लागि सबैको सहयोग आवश्यक भएको भन्दै उनीहरुले प्रष्ट नीति बनाउन सरकारसंग आग्रह पनि गरेका छन् ।
गरिवी, अशिक्षा, भेदभाव, पछौटेपन र बेरोजगारीको उन्मुलन गर्न सके बेचविखन रोक्न मद्धत पुग्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बेचविखन समस्या र चुनौति बिषयमा कार्यपत्र प्रस्तुत गरीएको थियो ।