सरकारका सवै पखेटामा खिया लागिसक्योः भण्डारी

सरकारका सवै पखेटामा खिया लागिसक्योः भण्डारी

  • सोमवार, साउन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बुटवल, साउन १३ ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारका सवै पखेटाहरुमा खिया लागिसकेको टिप्पणी गर्नु भएको छ । उहाँले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको बताउनु भयो ।

बुटवलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका बेला राष्ट्रयताबारे जनतालाई देखाएको सपना अधुरो बन्दै गएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताका विषयमा जुन चेक दिनु भएको छ त्यो पाँच बर्षमा बाउन्स हुने भन्दै उहाँले त्यस पश्चात जनताले कारवाही गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले विकास र समृद्धिको काम भन्दा बोल्ने काम मात्र बढी गर्नु भएको बताउनु भयो ।

सरकारले सिन्को नभाच्दा पनि कांग्रेसलाई फाइदै भएको उहाँको भनाई छ । कांग्रेस नेता भण्डारीले भ्रष्टाचारकै कारण मुलुकको विकासले गति लिन नसकेको दाबी गर्नु भयो । भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले आत्महत्या गरेको बताउदै उहाँले राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्ने बताउनु भयो ।

कांग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल परे पनि नेकपाले खुलमखुला भइरहेका भ्रष्टाचारलाई लुकाएको भन्दै नेता भण्डारीले वाइडबडी, ललितानिवास, बुढीगण्डकी लगायतका काण्डका दोषिलाई कारबाही गर्नैपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ