धनुषामा माइक्रो र टेम्पो आपसमा ठोकिंदा ४ जनाको मृत्यु

धनुषामा माइक्रो र टेम्पो आपसमा ठोकिंदा ४ जनाको मृत्यु

  • सोमवार, साउन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

जनकपुर, साउन १३ । धनुषामा माइक्रो र टेम्पो आपसमा ठोकिंदा ४ जनाको मृत्यु भएको छ । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना१ज ७०२२ नम्बरको विङ्गर कम्पनीको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ज१ह ४८९६ नम्बरको टेम्पो छिरेश्वरनाथ नगरपालिका–४ प्लाइ फ्याक्ट्री अगाडी आइतवार साँझ ठोकिंदा ४ जनाको मृत्यु भएको हाे ।

दुर्घटनामा स्थानीय ७२ वर्षीय रामदेव साह र सिराहाकी ४० वर्षीया रेखा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टेम्पो चालक छिरेश्वरनाथ–४ कै २४ वर्षीय रोशन साहको रमदैया स्थित जानकी मेडिकल कलेज र धनुषाकै हंसपुर मल्हनियाका २२ वर्षीय संजय साहको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ