उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द !

उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द !

  • सोमवार, साउन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

उदयपुर, १३ साउन ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द रहेकाे छ ।विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सन जिबीएफ फ्यान मोटरमा क्षति पुग्दा ५५ दिनदेखि सिमेन्ट उत्पादन बन्द भएको हो ।

सिमेन्ट उत्पादन बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।  साे अनुपातमा गत जेठ २० गतेदेखि उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी नोक्सानी भइसकेको छ ।

जापानी फुजी कम्पनीको मोटर खरिद गर्दा १ करोड ५० लाखसम्म लाग्ने भए पनि इन्डियन कम्पनीको खरिद गरेर ६५ देखि ७० लाख लाग्न सक्ने प्राविधिकहरु बताउँछन् ।

बिग्रिएको मोटर नेपाल ईन्जिनियरिङ एन्ड हाइड्रो वर्कसप बुटवल पठाइएको दुई महिना बित्न लाग्दा पनि उद्योग व्यवस्थापनको ढिलासुस्तीले मर्मत हुन सकेको छैन ।  चालू आर्थिक वर्षमा २६ लाख बोरा सिमेन्ट उत्पादनको लक्ष्य राखिएकोमा २२ लाख ६२ हजार १ सय ४२ बोरा उत्पादन भइसकेको उद्योगका निमित्त महाप्रबन्धक नोबलकिशोर साहले बताए ।

दैनिक ८ देखि १० हजार बोरा सिमेन्ट बिक्री भइरहेकोमा अब मौजाद रहेको सिमेन्टले एक हप्ता मात्र धान्ने उद्योग प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ