प्रदेश २ मा बाढीबाट ३ अर्ब ५९ करोडको क्षतिः बाढीप्रभावितलाई सहयोग गर्न संघीय सरकारलाई आग्रह

प्रदेश २ मा बाढीबाट ३ अर्ब ५९ करोडको क्षतिः बाढीप्रभावितलाई सहयोग गर्न संघीय सरकारलाई आग्रह

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, साउन १२ ।
अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।

प्रदेश २ का ८ जिल्लामा कृषितर्फ १ अर्ब ९७ करोड तथा पशुपंक्षीतर्फ १ अर्ब ६२ करोडको क्षति भएको प्रारम्भिक अनुमान मन्त्रालयको छ । सिरहा र सप्तरीमा कृषितर्फ ७७ हजार ३४ हेक्टर क्षेत्रफलमा भएको खेतीमा असर परेको मन्त्रालयले जनाएको छ ।

कृषितर्फ धान ब्याड तथा अन्य तरकारीमा १ अर्ब ९७ करोड बराबरकाको क्षति भएको छ । मन्त्रालयले विस्तृत विवरणका लागि स्थानीय तहमा पत्राचार गरेको पनि जनाएको छ ।

यसैबीच,प्रदेश नं २ सरकारले बाढी पीडितको पूनर्स्थापना र क्षतिपूर्तिमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गरेको छ । बाढीले र्पुयाएको क्षतिपूर्र्ति गर्न प्रदेश सरकारबाट मात्र सम्भव नरहेको भन्दै प्रदेश सरकारले पीडितको पुनर्वास र पुनर्निमाणको लागि सहयोग गर्न संघीय सरकारसंग आग्रह गरेको हो ।

प्रदेश २ मा बाढी र डुबानले र्पुयाएको क्षतिबारे बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउँदै मुख्यमन्त्री लालबाबु राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमा सहयोग आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले बाढीबाट प्रदेशमा सार्वजनिक र नीजि गरि अरबौँ रुपैयाँ बराबारको क्षति भएको, ३७ जना भन्दा बढीको मृत्यु भएको र हजारौँ परिवार घरबार विहीन भएको जानकारी गराउनुभएको थियो । सो क्रममा प्रधानमन्त्री ओलीले केही दिन भित्रै बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी