विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी(भिडियाेसहित)

विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी(भिडियाेसहित)

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बिर्तामोड, ११ साउन । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ । मलको तल्लो तलामा आगलागी भइरहेको छ । आगो झन बढ्दै गएकाले क्षति धेरै हुन सक्ने संभावना छ । आगो नियन्त्रणको लागि विर्तामोड नगरपालिकाको दमकल आइसकेको छ । आगो निभाउन स्थानीयसहित सुरक्षाकर्मी खटिरहेका छन् ।
आगलागीका कारण धुवाले भित्र निभाउन पपनि समस्या भइरहेको छ । बजार क्षेत्र समेत धुवाँको कारण अस्तव्यस्त बनिसकेको छ ।आगलागीको कारण पत्ता लाग्न सकेको छैन । दमकल आइसकेको भए पनि आगजनी कहाँ भएको पत्ता लाग्न सकेको छैन । कम्प्लेक्स भित्रबाट ठुलो धुँवाको मुस्लो आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ