जनपरिषद्द्धारा टिकापुर बजारमा रहेको व्यापारी रेखा कडायतको घर-जग्गा कब्जा

जनपरिषद्द्धारा टिकापुर बजारमा रहेको व्यापारी रेखा कडायतको घर-जग्गा कब्जा

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.9K
    SHARES

टीकापुर, ११ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट थारुवान् स्वायत्त प्रदेशले कैलालीको टीकापुर नगरपालिका १ बजार क्षेत्रमै रहेको व्यापारी रेखा कडायतको घरलगायत सम्पत्तिनियन्त्रणमा लिएको छ ।

थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै कडायतको घरमा झण्डा गाडेर कब्जामा लिएको जनाएको छ।

जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको,कर नतिरेको र सामान्य जनताले दही, दुध, घिउ, गाईं, भैंसी बेचेको पैसा लिएर ठगेकाले उक्त घर जग्गा कब्जामा लिएको जनाएका छन् ।

त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म कडायतको घर र सम्पत्ति कब्जामा लिने जनाईएको छ । कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्।

कडायतलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ । उनी एक वर्ष यता टीकापुर भन्दाबाहिर रहेको स्थानीय बताउँछन्।

कडायतको घरजग्गा कब्जामा लिएको खबर पाएलगत्तै सो स्थानमा प्रहरी पुगेर फर्किएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए ।
कब्जा लिएको भनिएको घरमा केही नभेटिएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ